अदालतमा हराएको ३३ लाखको हार जब वकिलको खल्तीमा भेटियो !

काठमाडौं। पीडितलाई न्याय दिलाउने जिम्मा लिएको वकिलले अदालतभित्रै हराएको ३३ लाख रुपैयाँबराबरको हिराको हार आफ्नो खल्तीमा राखेका छन् । यो घटना काठमाडौं जिल्ला अदालत भित्रको हो । बिहीबार दिउँसो जमुना घलेको हिराको हार हराएको थियो । शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा उक्त हारको खोजी गरिरहेको बेला पत्ता लगाएको छ । यो हार एक कानुन व्यवसायीसँग भेटिएको […]

Oct 27, 2024 - 02:49
 0
अदालतमा हराएको ३३ लाखको हार जब वकिलको खल्तीमा भेटियो !

काठमाडौं। पीडितलाई न्याय दिलाउने जिम्मा लिएको वकिलले अदालतभित्रै हराएको ३३ लाख रुपैयाँबराबरको हिराको हार आफ्नो खल्तीमा राखेका छन् । यो घटना काठमाडौं जिल्ला अदालत भित्रको हो ।

बिहीबार दिउँसो जमुना घलेको हिराको हार हराएको थियो । शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा उक्त हारको खोजी गरिरहेको बेला पत्ता लगाएको छ । यो हार एक कानुन व्यवसायीसँग भेटिएको थियो ।

प्रहरीका स्रोतका अनुसार, सिसिक्यामेरामा एक कानुन व्यवसायीले हारलाई टिपेर खल्तीमा राखेको देखियो । बार एसोसियशनको सहयोगमा प्रहरीले उक्त कानुन व्यवसायीको पहिचान गरेको थियो ।

अन्ततः, ती कानुन व्यवसायीले हराएको हारलाई धनीलाई फिर्ता गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register