धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या, तीनजना पक्राउ

बारा । बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ । शनिबार साँझ महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार घटना शनिबार बेलुका भएको थियो । श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। यस […]

Oct 27, 2024 - 04:19
 0
धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या, तीनजना पक्राउ

बारा । बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ ।

शनिबार साँझ महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार घटना शनिबार बेलुका भएको थियो ।

श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो।

यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register