नौ अंकले घट्यो सेयर बजार, एक सय ४१ कम्पनीको सेयर मूल्य राताम्मे

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजार घटेको छ । आज सेयर बजार परिसूचक ९ दशमलव १९ अंकले घटेर २६१७ दशमलव ९५ को विन्दुमा पुगेको छ । आइतबार ३२० कम्पनीका ५६ हजार ६ सय ४६ पटकको कारोबारमा १ करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Oct 27, 2024 - 09:43
 0
नौ अंकले घट्यो सेयर बजार, एक सय ४१ कम्पनीको सेयर मूल्य राताम्मे

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजार घटेको छ । आज सेयर बजार परिसूचक ९ दशमलव १९ अंकले घटेर २६१७ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

आइतबार ३२० कम्पनीका ५६ हजार ६ सय ४६ पटकको कारोबारमा १ करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

१४१ कम्पनीको सेयर मूल्य घट्दा ९१ कम्पनीको बढेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ वटा बढ्दा बाँकी ८ वटा घटेको छ । तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आइसीएफसी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register