बेलायतमा देवकोटा जयन्ती मनाइयो

लन्डन—नेपाली साहित्य विकास परिषद् यूकेले ११५औं महाकवि देवकोटा जयन्ती प्रवचन, गीतसङ्गीत प्रस्तुति, स्वागत सम्मान  र कविता वाचन गरी मनाएको छ । वेस्ट लन्डन एकटनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अथिति परिषद्का पदेन संरक्षक कार्यवाहक  नेपाली राजदूत विपीन दुबाडीले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्‍याउने काम महाकविले गरेर गर्वको इतिहास रचेको बताए ।  बेलायतमा परिषद्ले लामो समयदेखि […]

Oct 27, 2024 - 10:36
 0
बेलायतमा देवकोटा जयन्ती मनाइयो

लन्डन—नेपाली साहित्य विकास परिषद् यूकेले ११५औं महाकवि देवकोटा जयन्ती प्रवचन, गीतसङ्गीत प्रस्तुति, स्वागत सम्मान  र कविता वाचन गरी मनाएको छ ।

वेस्ट लन्डन एकटनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अथिति परिषद्का पदेन संरक्षक कार्यवाहक  नेपाली राजदूत विपीन दुबाडीले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्‍याउने काम महाकविले गरेर गर्वको इतिहास रचेको बताए । 

बेलायतमा परिषद्ले लामो समयदेखि विभिन्न साहित्यिक गतिविधि गरेर नेपाली भाषा साहित्यिको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले साहित्य, सङ्गीत र प्रवचनको मिश्रण रहेको देवकोटा जन्मजयन्तीले भावी पुस्तालाई समेत प्रेरणा पुर्‍याउने  बताए ।

समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल ओबिइले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन् जसले भाषा साहित्यिको शिखर उच्च मात्र पारेनन् शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका स्मरण गरे । 

डा. धितालले बेलायतमा नेपाली भाषा साहित्य, कला जस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न परिषद्ले गरेका प्रयासहरू सराहनीय रहेको पनि बताए ।

मन्तव्यका क्रममा दूतावासका प्रथम सचिव उद्वव न्यौपानेले भावुक हुँदै महाकवि देवकोटाका कारण नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशहरू माझ गनिने गरेको छ बताए ।

परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरू तीव्र गतिले अगाडि बढाउँदै आएको चर्चा गरे । 

बेलायतमा नेपाली भाषा साहित्यिको विकासकालागि झण्डै तीन दशक अघि नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर यहाँ रहेका सर्जकहरूलाई सिर्जनशील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको पनि उनले स्मरण गरे । 

अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्व स्तरमा गनिने गरेर उभिन सकेको चर्चा गरे । 

यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले  बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्न परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको जनाए ।   

वरिष्ठ सह-अध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको चर्चा पनि गरे ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्का सह-अध्यक्ष साहित्यकार गोकुल भण्डारीले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको बताए ।

राष्ट्रिय गान, महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषदका अध्यक्ष मल्ल, डा. धिताल र कवि केसीले नेपाली राजदूतावासबाट विशिष्ट आतिथ्य ग्रहण गर्ने कार्यवाहक राजदूत विपीन दुवाडी, प्रथम सचिव उदव न्यौपाने, सैनिक सहचारी कर्णेल अनुप शाह र श्रीमती प्रार्थना शाहलाई ब्याज, खाता र पुष्प गुच्छाले स्वागत सम्मान गरेका थिए ।

समारोहमा परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष वसन्त रायक्षत्री तथा वरिष्ट कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले सारङ्गी र मादलमा मङ्गल धुन तथा महाकविका रचानाहरूमा धुन र द्यौसी भैली गीतहरु प्रस्तुत गरेका थिए ।  

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा वसन्त रायक्षत्री, ध्रुव केसी, उद्दव न्यौपाने, मनोज अन्जान, गोकुल भण्डारी र कोमल मल्लले कविता वाचन गरेका थिए ।

समारोहका सभापति अध्यक्ष मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबीइ, डा. जनककुमारी धिताल, वरिष्ट सहअध्यक्ष ध्रुव केसी., सह अध्यक्ष गोकुल भण्डारी, सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार मदन थापा, उपाध्यक्ष वसन्त रायक्षत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, पूर्व कार्यकारिणी सदस्यहरु ज्ञानेन्द्र राउत र कोहिनूर मल्ल, सितु खरेल लगायतलाई सहभागिता र सहयोगका लागि आभार प्रकट गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register