पाकिस्तानी दूताबासले मनायो काश्मिीरी कालो दिवस

काठमाडौं । भारतले सन् १९४७ को अक्टोबरमा जम्मु–काश्मीरमाथि अतिक्रमण गरेको र राष्ट्रसंघको अभिसन्धीलाई पनि वेवास्था गरेको भन्दै पाकिस्तानले अक्टोबर २७ तारिखका दिन ‘काश्मिीरी कालो दिवस’ मनाउँदै आएको छ । यसै सन्दर्भमा काठमाडौंस्थित पाकिस्तानी दूताबासले पनि आइतबार एक कार्यक्रमको आयोजना गरी काश्मिीरी कालो दिवस मनाएको छ । कार्यक्रममा त्यहाँको नागरिकको सुरक्षा र आफूअनुकुल बाँच्न पाउने अधिकार […]

Oct 27, 2024 - 16:00
 0
पाकिस्तानी दूताबासले मनायो काश्मिीरी कालो दिवस

काठमाडौं ।


भारतले सन् १९४७ को अक्टोबरमा जम्मु–काश्मीरमाथि अतिक्रमण गरेको र राष्ट्रसंघको अभिसन्धीलाई पनि वेवास्था गरेको भन्दै पाकिस्तानले अक्टोबर २७ तारिखका दिन ‘काश्मिीरी कालो दिवस’ मनाउँदै आएको छ ।


यसै सन्दर्भमा काठमाडौंस्थित पाकिस्तानी दूताबासले पनि आइतबार एक कार्यक्रमको आयोजना गरी काश्मिीरी कालो दिवस मनाएको छ । कार्यक्रममा त्यहाँको नागरिकको सुरक्षा र आफूअनुकुल बाँच्न पाउने अधिकार उपलब्ध गराउन अन्तर्राष्ट्रिय समूदाय एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।


कार्यक्रममा पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी, प्रधानमन्त्री मियाँ मुहम्मद सेवाज सरिफ र उपप्रधान एवं विदेशमन्त्री मोहम्मद इसाक डारको छुट्टाछुट्टै सन्देश पढेर सुनाइएको थियो । सन्देशमा भारतले ७७ वर्षअघि जम्मु काश्मिरमा गैरकानुनी हस्तक्षेप र अबैध रुपमा कब्जा गरेर श्रीनगरमा सेना तैनाथ गरेदेखि अहिलेसम्म त्यहाँका नागरिकले शान्ति र सुरक्षित रुपमा जीवन यापन गर्न नपाएको उल्लेख थियो ।

सन्देशमा जम्मु काश्मिरमा भारतबाट राज्य आतंक, मानव अधिकार उल्लंघन र काश्मिरी जनतालाई आर्थिक, राजनीतिक र भूमि अधिकार र स्वतन्त्रताको हनन् भएको उल्लेख गर्दै त्यहाँका जनताको वैधानिक र अपरिहार्य आत्मनिर्णयको अधिकार प्राप्तिका लागि पाकिस्तानको ऐक्यबद्धता व्यक्त गरिएको थियो ।


कार्यक्रमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले काश्मीरी जनताले सहज जीवन जिउन नपाएकोप्रति विश्वको ध्यान जानुपर्नेमा जोड दिए । उनले इजरायल र खाडी राष्ट्रबीच उत्पन्न तनाव, युक्रेन र रुसको युद्धबाट पनि अब विश्वले सिक्नुपर्ने र विश्व शान्तिका लागि एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।


कार्यक्रमका सहभागीहरुले पनि काश्मिरको कारण दक्षिण एसियामा विकास हुन नसकेको जिकिर गर्दै यो क्षेत्रलाई शान्त बनाउन भारतले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register