तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने कार्यको प्रतिवाद गरौँ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यलाई तानाशाही शैलीमा स्पष्टीकरण सोधिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत नेता रावलले एमालेको जवज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नै नगरी तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गरेको भन्दै त्यस्तो शैलीको विरोध गर्न कार्यकर्ताहरूलाई आह्वान […]

Oct 28, 2024 - 07:07
 0
तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने कार्यको प्रतिवाद गरौँ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यलाई तानाशाही शैलीमा स्पष्टीकरण सोधिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत नेता रावलले एमालेको जवज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नै नगरी तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गरेको भन्दै त्यस्तो शैलीको विरोध गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

उनले लेखेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ ।’

यसअघि रावललाई पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टीले लिएको जग्गा दानबारे आलोचना गरेकोमा स्पष्टीकरण सोधेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register