स्पष्टीकरण बुझाउँदै विन्दा-उषा, रावलको टुङ्गो छैन !

काठमाडौं । नेकपा (एमाले) ले आफ्ना तीन नेता डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई सातदिने स्पष्टीकरण सोधेको थियो । गत कात्तिक ६ गते सोधिएको स्पष्टीकरणको समय सोमबार (आज) घर्किँदैछ । भाटभटेनी सुपरमार्केटका सञ्चालकसमेत रहेका व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई कीर्तिपुर २ मैत्रीनगरमा १० रोपना १४ आना जग्गा दानस्वरूप दिएका थिए । त्यसँगै कार्यालय पनि आफैँ […]

Oct 28, 2024 - 07:31
 0
स्पष्टीकरण बुझाउँदै विन्दा-उषा, रावलको टुङ्गो छैन !

काठमाडौं । नेकपा (एमाले) ले आफ्ना तीन नेता डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई सातदिने स्पष्टीकरण सोधेको थियो । गत कात्तिक ६ गते सोधिएको स्पष्टीकरणको समय सोमबार (आज) घर्किँदैछ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालकसमेत रहेका व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई कीर्तिपुर २ मैत्रीनगरमा १० रोपना १४ आना जग्गा दानस्वरूप दिएका थिए । त्यसँगै कार्यालय पनि आफैँ बनाएर हस्तान्तरण गर्ने भनेका थिए ।

रावल, पाण्डे र तिम्सिनाले यसबारे पार्टी विधानको ८१ (३) विपरीतको अभिव्यक्ति दिएको भन्दै महासचिव शंकर पोखरेलले स्पष्टीकरण सोधेका हुन् ।

दानमा आएको जग्गाका कारण पार्टी सदस्य र मतदाताहरूको शिर निहुँएको भन्दै उनीहरूले आफ्नै बुतामा पार्टी कार्यालय बनाउनुपर्ने बताएका थिए तर, पार्टीले स्पष्टीकरण सोध्यो ।

स्पष्टीकरण सोधिएपछि पाण्डे र तिम्सिनाले बुझाउने तयारी गरेका छन् । पाण्डेले नेपालभ्युजसँग भनिन्, “पार्टीले सोधेपछि स्पष्टीकरण बुझाउनु परिहाल्यो । भरै साँझ ५ बजेसम्ममा महासचिवकै हातमा स्पष्टीकरण बुझाउँछु ।”

उनले स्पष्टीकरणमा यसअघि आफूले दिएको अभिव्यक्तिमाथि नै थप व्याख्या गरेको बताइन् । “कतिपय कुराहरूमा अस्पष्ट भएछ, त्यसमाथि थप इल्याबोरेट गरेको छु । बाँकी कुरा पछि थाहा पाइहाल्नुहुन्छ ।”

यस्तै तिम्सिनाले पनि साँझसम्म बुझाउने नेपालभ्युजसँग बताइन् । “हामीले राखेको, बोलेको कुराले पार्टीलाई घाटा पुग्दैन, नोक्सान हुँदैन बरु त्यसरी सोच्ने बानी गर्नुपर्छ भन्ने बेहोरा लेखेको छु ।”

रावलले भने अहिलेसम्म टुङ्गो नभएको प्रतिक्रिया दिए । स्पष्टीकरण बुझाउँदै हुनुहुन्छ ? भन्ने नेपालभ्युजको जिज्ञासामा उनले भने, “अहिले एउटा जरुरी काममा छु । पछि कुरा गर्छु । स्पष्टीकरणबारे टुङ्गो छैन ।”

त्यसो त आज बिहान मात्रै रावलले नेतृत्वको शैलीविरुद्ध एउटा स्टाटस लेखेका थिए ।

उनले लेखेका छन्, “एमालेको जबज, परम्परा र संवैधानिक ह विपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी,  इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ ।”

  • सम्बन्धित सामग्री

रावल, पाण्डे र तिम्सिनालाई एमालेको स्पष्टीकरण, सात दिनभित्र जवाफ दिन निर्देशन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register