सोमबार २७.४१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ४१ लाख ८ हजार ९ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Oct 28, 2024 - 09:31
 0
सोमबार २७.४१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ४१ लाख ८ हजार ९ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार ५ सय १८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा जानकी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज जानकी फाइनान्स सहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register