दोहोरो अंकले बढ्यो सेयर बजार, नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार परिसूचक २७ दशमलव ४१ अंकले बढेर २६४५ दशमलव ३६ को विन्दुमा पुगेको छ । आज ३०७ कम्पनीका ५८ हजार ५ सय ५२ पटकको कारोबारमा १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर खरिद बिक्री […]

Oct 28, 2024 - 09:37
 0
दोहोरो अंकले बढ्यो सेयर बजार, नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार परिसूचक २७ दशमलव ४१ अंकले बढेर २६४५ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

आज ३०७ कम्पनीका ५८ हजार ५ सय ५२ पटकको कारोबारमा १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले बढ्दा फ्लोट इन्डेक्स १ दशमलव ९४ अंकले बढेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा सर्वाधिक बढेको छ । आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा नेपाल फाइनान्समा सर्वाधिक लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register