सम्बन्धमा रेड फ्ल्याग र ग्रीन फ्ल्यागको मतलब के हो ?

एजेन्सी । तपाईंले आफ्ना साथीहरूबाट रेड फ्ल्याग वा ग्रीन फ्ल्याग जस्ता शब्दहरू पक्कै सुन्नुभएको होला । रेड फ्ल्याग सधैँ खतराको संकेत दिने गर्थ्यो तर, पछिल्लो केही समयमा यसलाई सम्बन्धको खतराहरू बताउन पनि प्रयोग गरिन थालिएको छ । त्यसैगरी सम्बन्धमा ग्रीन फ्ल्याग एक किसिमको सकारात्मक संकेत हो । यसले सम्बन्धमा बलियो जग देखाउँछ । ग्रीन फ्ल्यागको […]

Oct 28, 2024 - 09:31
 0
सम्बन्धमा रेड फ्ल्याग र ग्रीन फ्ल्यागको मतलब के हो ?

एजेन्सी । तपाईंले आफ्ना साथीहरूबाट रेड फ्ल्याग वा ग्रीन फ्ल्याग जस्ता शब्दहरू पक्कै सुन्नुभएको होला । रेड फ्ल्याग सधैँ खतराको संकेत दिने गर्थ्यो तर, पछिल्लो केही समयमा यसलाई सम्बन्धको खतराहरू बताउन पनि प्रयोग गरिन थालिएको छ ।

त्यसैगरी सम्बन्धमा ग्रीन फ्ल्याग एक किसिमको सकारात्मक संकेत हो । यसले सम्बन्धमा बलियो जग देखाउँछ । ग्रीन फ्ल्यागको अर्थ हो कि साथी तपाईंको लागि सही छ र सम्मान गर्छ ।

सम्बन्धमा रेड र ग्रीन फ्ल्याग वास्तवमा के हुन् र तिनीहरूलाई कसरी चिन्न सकिन्छ, यो जान्नु हामी सबैका लागि आवश्यक छ ।

रेड फ्ल्याग

तपाईं र पार्टनर दुबैबीच सम्बन्ध छ तर, जब तपाईंलाई भावनात्मक साथको आवश्यकता पर्छ तब साथी तपाईंको साथमा हुँदैन । कुनै न कुनै बहानामा ऊ गायब रहन्छ र तपाईंले महसुस गर्दा पनि ऊ बारम्बार त्यस्तो गर्छ भने यो सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण रेड फ्ल्यागको संकेत हो ।

त्यसैगरी तपाईंको पेशा वा कुराको मजाक उडाउने, बारम्बार होच्याउने वा भाग्यमानी भन्ने, किनभने उनी तपाईंको साथमा छन्, यी सबै पनि धेरै गलत हुन् । त्यसैले तपाईंले यी कुराहरूलाई पनि बेवास्ता नगर्नुहोस् ।

त्यसैगरी तपाईंलाई हरेक कुराको लागि मनाउने तर, आफू कहिल्यै नमान्ने, यदि भेट्ने दिन पनि तय गर्नुपर्ने भए उसले गर्नेछ, तपाईंले होइन र यदि तपाईंले त्यस्तो गर्नुभयो भने पनि ऊ तपाईंसँग रिसाउन थाल्नेछ, यस्तो व्यवहार पनि रेड फ्ल्यागमै गनिन्छ ।

ग्रीन फ्ल्याग

सम्बन्धमा शारीरिकका साथै भावनात्मक सामिप्यता पनि आवश्यक छ, जसले तपाईंको सम्बन्ध राम्रो बनाउँछ । यदि तपाईं र तपाईंको साथी आफ्ना भावनाहरू खुलेर भन्नुहुन्छ भने तपाईं एउटा राम्रो सम्बन्धमा हुनुहुन्छ ।

एक राम्रो र बलियो सम्बन्धमा एक–अर्कासँग माफी माग्न लजाउँदैनन् । यदि तपाईंको साथी पनि त्यस्तै छ भने तपाईं ग्रीन फ्ल्याग सम्बन्धमा हुनुहुन्छ । यसबाहेक साथीले तपाईंको काम र निर्णयहरूको सम्मान गरोस् ।

अरू मानिसहरूको सामु तपाईंको पक्षमा उभियोस्, तपाईं उसको साथमा सुरक्षित महसुस गर्नुहोस् र तपाईं जस्तो हुनुहुन्छ, तपाईंलाई त्यस्तै स्वीकार गरोस्, यी सबै पनि ग्रीन फ्ल्यागका संकेतहरू हुन् । यदि तपाईं एक राम्रो सम्बन्धमा हुनुहुन्छ छ भने तपाईंको साथी तपाईंसँग भविष्यको बारेमा कुरा गर्न डराउँदैनन् । एक राम्रो साथीले तपाईंसँग सधैँ आफ्नो भविष्यको योजनाको बारेमा कुरा गर्नेछ ।

कुनै पनि सम्बन्धमा ग्रीन फ्ल्याग र रेड फ्ल्यागको पहिचान हुनु अत्यन्त आवश्यक कुरा हो । यदि तपाईंले आफ्नो पार्टनरमा रेड फ्ल्यागका संकेतहरू देख्नुभएको छ भने समयमै उनीहरूबाट टाढा हुनु राम्रो हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register