दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचनापछि जाँच हुँदै

काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ । एआई २१६ उडान नम्बर जहाजमा बम राखिएको सूचना आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट विमानमा बम रहेको खबर आएको विमानस्थल स्रोतले बताएको छ । त्यसलगत्तै सबै […]

Oct 28, 2024 - 10:49
 0
दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचनापछि जाँच हुँदै

काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ ।

एआई २१६ उडान नम्बर जहाजमा बम राखिएको सूचना आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् ।

दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट विमानमा बम रहेको खबर आएको विमानस्थल स्रोतले बताएको छ । त्यसलगत्तै सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।

उक्त जहाज सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको थियो भने ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register