दुई सातामा ११ हजारले घट्यो सुनको भाउ, आज प्रतितोला कती ?

काठमाडौं। नेपाली बजारमा सुनको भाउले पछिल्लो दुई सातामा झण्डै ११ हजार रुपैयाँले गिरावट भोगेको छ । आज (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन शुक्रबारको तुलनामा १ सय रुपैयाँले कम हो । कात्तिक १५ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला […]

Nov 17, 2024 - 06:35
 0
दुई सातामा ११ हजारले घट्यो सुनको भाउ, आज प्रतितोला कती ?

काठमाडौं। नेपाली बजारमा सुनको भाउले पछिल्लो दुई सातामा झण्डै ११ हजार रुपैयाँले गिरावट भोगेको छ । आज (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन शुक्रबारको तुलनामा १ सय रुपैयाँले कम हो ।

कात्तिक १५ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसयता लगातार घट्दै आएको सुनको मूल्य आजसम्म झण्डै ११ हजार रुपैयाँले घटिसकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा स्थिर छ ।

कात्तिक १५ यता सुनको भाउ

मिति मूल्य (प्रतितोला)
कात्तिक १५ १,७१,०००
कात्तिक २० १,६८,२००
कात्तिक २१ १,६८,५००
कात्तिक २२ १,६४,५००
कात्तिक २३ १,६६,५००
कात्तिक २५ १,६६,०००
कात्तिक २६ १,६५,०००
कात्तिक २७ १,६२,६००
कात्तिक २८ १,६२,२००
कात्तिक २९ १,६०,०००
कात्तिक ३० १,६०,१००
मंसिर २ १,६०,०००

केले गरायो मूल्य घटबढ ?

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको विनिमय दर, माग घटबढ र आर्थिक अनिश्चितताले सुनको मूल्यमा असर पारिरहेको व्यवसायीहरू बताउँछन् ।

नेपालमा सुनको मूल्य घटेको खबरले गहना खरिद गर्नेहरूका लागि यो उपयुक्त समय हुन सक्छ । तर, आर्थिक अनिश्चितताका कारण आगामी दिनमा मूल्य पुनः उकालो लाग्न सक्छ भन्ने अनुमान पनि छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register