धनतेरसको लागि नयाँ भाँडा किन्दै सर्वसाधारण (तस्वीरहरु)

धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहिआएको छ

Oct 29, 2024 - 01:37
 0
धनतेरसको लागि नयाँ भाँडा किन्दै सर्वसाधारण (तस्वीरहरु)

काठमाडौँ। पूर्वीय पञ्चाङ्ग बमोजिम कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी जयन्ती अर्थात् धनतेरस मनाउने प्रचलन छ।

यो दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन्।

धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहिआएको छ। विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ।

आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ।

धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउनु निकै फलदायी हुनेछ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register