देशका पहाडी भेगमा आज हल्का वर्षाको सम्भावना, बाँकी क्षेत्रमा मौसम सफा

काठमाडौं । कार्तिक १३ गते मंगलबारका लागि देशभरको मौसमको पूर्वानुमान अनुसार पहाडी क्षेत्रमा आंशिक देखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । विशेषगरी कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिको समयमा पनि कोशी प्रदेश […]

Oct 29, 2024 - 02:25
 0
देशका पहाडी भेगमा आज हल्का वर्षाको सम्भावना, बाँकी क्षेत्रमा मौसम सफा

काठमाडौं । कार्तिक १३ गते मंगलबारका लागि देशभरको मौसमको पूर्वानुमान अनुसार पहाडी क्षेत्रमा आंशिक देखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

विशेषगरी कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक देखि साधारण बदली रहनेछ भने अन्य क्षेत्रको मौसम भने सामान्य रूपमा सफा नै रहनेछ ।

केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

मौसममा आएको यो परिवर्तनले कृषिमा समेत प्रभाव पार्न सक्ने भएकाले किसानहरूलाई सतर्क रहन समेत आग्रह गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register