आईसीसी लिग २: आज नेपाल र स्कटल्यान्ड आमने-सामने, नेपाल हारको सिलसिला तोड्न तयार

काठमाडौं।  आईसीसी विश्वकप लिग २ अन्तर्गत आज राति नेपाल र स्कटल्यान्डबीच महत्वपूर्ण खेल हुँदैछ । अमेरिकामा जारी यो लिगमा नेपाल लगातारको हारबाट उन्मुक्ति पाउन स्कटल्यान्डलाई पराजित गर्ने लक्ष्यमा छ । हालसम्म लिग २ मा खेलेका ९ खेलमध्ये नेपालले ८ खेलमा हार ब्यहोरेको छ भने मात्र एक खेलमा विजय हात पारेको थियो । गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई […]

Oct 29, 2024 - 03:19
 0
आईसीसी लिग २: आज नेपाल र स्कटल्यान्ड आमने-सामने, नेपाल हारको सिलसिला तोड्न तयार

काठमाडौं।  आईसीसी विश्वकप लिग २ अन्तर्गत आज राति नेपाल र स्कटल्यान्डबीच महत्वपूर्ण खेल हुँदैछ । अमेरिकामा जारी यो लिगमा नेपाल लगातारको हारबाट उन्मुक्ति पाउन स्कटल्यान्डलाई पराजित गर्ने लक्ष्यमा छ ।

हालसम्म लिग २ मा खेलेका ९ खेलमध्ये नेपालले ८ खेलमा हार ब्यहोरेको छ भने मात्र एक खेलमा विजय हात पारेको थियो । गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल त्यसयता कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन । यस निराशाजनक प्रदर्शनसँगै नेपाल अंकतालिकामा सातौँ स्थानमा रहेको छ ।

आजको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। यस खेलमा नेपालले आफ्नो पुरानो लय फर्काउने र लिग २ मा आफ्नो प्रदर्शन सुधार्ने आशा राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register