जापानमा सत्ता गठबन्धनले पाएन बहुमत

काठमाडौं । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) गठबन्धनले संसद्‌मा बहुमत ल्याउन सकेन । एलडीपीले मात्रै १९१ सिट पाएको छ भने ६५ सिट गुमाएको छ । यो विगत १५ वर्षमा पार्टीको सबैभन्दा खराब नतिजा हो । एलडीपी र उनको सहयोगी कोमेटोले मिलेर २१५ सिट पाएका छन् । सरकार चलाउन गठबन्धनले २३३ सिट प्राप्त गर्नुपर्नेछ । […]

Oct 29, 2024 - 05:01
 0
जापानमा सत्ता गठबन्धनले पाएन बहुमत

काठमाडौं । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) गठबन्धनले संसद्‌मा बहुमत ल्याउन सकेन ।

एलडीपीले मात्रै १९१ सिट पाएको छ भने ६५ सिट गुमाएको छ । यो विगत १५ वर्षमा पार्टीको सबैभन्दा खराब नतिजा हो । एलडीपी र उनको सहयोगी कोमेटोले मिलेर २१५ सिट पाएका छन् ।

सरकार चलाउन गठबन्धनले २३३ सिट प्राप्त गर्नुपर्नेछ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले गत महिना पार्टी अध्यक्ष पदका लागि चुनाव जितेका थिए, त्यसपछि उनी देशको प्रधानमन्त्री बनेका थिए । यसपछि इसिबाले चुनाव गराउने घोषणा गरेका थिए ।

चुनावी नतिजा आएपछि जापानी प्रधानमन्त्रीले चुनावी नतिजा आफ्नो पक्षमा नआएको बताएका छन् ।

चुनावअघि जापानी सञ्चारमाध्यममा एलडीपीले बहुमत नआए प्रधानमन्त्री इसिबाले राजीनामा दिन सक्ने दाबी गरिएको थियो । यदि यसो भएको भए, उनी दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो अवधिको लागि प्रधानमन्त्रीको रूपमा सेवा गर्ने व्यक्ति बन्ने थिए । तर, इशिबाले आफू पदमै रहने बताएका छन् ।

एलडीपीले बहुमत नपाएको यो सन् २००९ पछि पहिलो पटक हो । बीबीसीका अनुसार बहुमत हासिल गर्न नसक्नुको कारण एलडीपी नेताहरु धेरै घोटालामा फसेका छन् । यही कारण एलडीपीको लोकप्रियता लगातार घट्दै गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register