पक्राउ परेका नेतालाई तत्काल रिहा गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । मङ्गलबार बालुवाटारमा आन्दोलनका क्रममा केन्द्रीय सदस्य पुकार बमलगायत १५ भन्दा बढी नेताहरू पक्राउ परेका थिए । उनीहरूको रिहाइ बिना सर्त तत्काल गरिनुपर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले एक विज्ञप्ति जारी गर्दै माग गरेका छन् । “शान्तिपूर्ण […]

Oct 29, 2024 - 10:55
 0
पक्राउ परेका नेतालाई तत्काल रिहा गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

मङ्गलबार बालुवाटारमा आन्दोलनका क्रममा केन्द्रीय सदस्य पुकार बमलगायत १५ भन्दा बढी नेताहरू पक्राउ परेका थिए ।

उनीहरूको रिहाइ बिना सर्त तत्काल गरिनुपर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले एक विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।

“शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुर्व्यवहारप्रति घोर भर्त्सना गर्दै गिरफ्तार भएका सबैलाई बिना सर्त तत्काल रिहाइको माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौँ ।”

झाले प्रहरीको यी अवैध कार्य नेपालको संविधान, कानूनलगायत अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register