विश्वकप लिग २ : स्कटल्यान्डमाथि नेपालको ५ विकेटको जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाअन्तर्गत स्कटल्यान्डमाथि नेपालले जित निकालेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो । स्कटल्यान्डलाई समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करन केसी, सोमपाल कामी र गुल्सन झाले समान २/२ […]

Oct 30, 2024 - 00:25
 0
विश्वकप लिग २ : स्कटल्यान्डमाथि नेपालको ५ विकेटको जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाअन्तर्गत स्कटल्यान्डमाथि नेपालले जित निकालेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो ।

स्कटल्यान्डलाई समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करन केसी, सोमपाल कामी र गुल्सन झाले समान २/२ विकेट लिँदा आरिफ शेखले एक विकेट लिए ।

स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटर सस्तैमा गुज्रिए । स्कटल्यान्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेखले ५१, कुशल भुर्तेल र गुल्शन झाले समान २५/२५ र आसिफ शेखले २१ रन बनाए ।

लिग २ अन्तर्गत शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्यान्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register