स्पेनमा बाढीका कारण ५१ जनाको मृत्यु

काठमाडौं । स्पेनको दक्षिणपूर्वी क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीमा परी ५१ जनाको मृत्यु भएको छ । दर्जनौं व्यक्ति बेपत्ता भएकाले उद्धार प्रयासहरू जारी छ । देशमा भारी वर्षा र असिनापानीले विभिन्न क्षेत्रहरूमा बाढी आएको छ । भ्यालेन्सियाका क्षेत्रिय प्रमुख कार्लोस माजोनले मृत्यु हुनेको सङ्ख्या यकिन भइनसकेको बताए । सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा बाढीले […]

Oct 30, 2024 - 10:20
 0
स्पेनमा बाढीका कारण ५१ जनाको मृत्यु

काठमाडौं । स्पेनको दक्षिणपूर्वी क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीमा परी ५१ जनाको मृत्यु भएको छ । दर्जनौं व्यक्ति बेपत्ता भएकाले उद्धार प्रयासहरू जारी छ ।

देशमा भारी वर्षा र असिनापानीले विभिन्न क्षेत्रहरूमा बाढी आएको छ । भ्यालेन्सियाका क्षेत्रिय प्रमुख कार्लोस माजोनले मृत्यु हुनेको सङ्ख्या यकिन भइनसकेको बताए ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा बाढीले पुल र कारहरू बगाएको देखिन्छ । केही भिडिओमा व्यक्तिहरु बाढीबाट बच्न रूखहरू समातेर बसेको देखिन्छ ।

स्पेनको मौसम सेवाले भ्यालेन्सिया क्षेत्रको चिभामा मङ्गलबार आठ घण्टामा ४९१ मिलिमिटर वर्षा भएको जनाएको छ । यो एक वर्ष बराबरको वर्षाको मात्रा हो ।

रेडियो र टिभी स्टेशनहरूले बाढीग्रस्त क्षेत्रमा फसेका वा आफ्ना आफन्तलाई खोजिरहेका व्यक्तिको सयौं फोन कलहरू प्राप्त गरिरहेका छन्, जसमा आपत्‌कालीन सेवाहरूले केही क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।

स्थानीय अधिकारी मिलाग्रोस तोलोनले स्पेनको सार्वजनिक टेलिभिजन स्टेशन टिभीलाई बताउँदै आपत्‌कालीन सेवा कार्यकर्ताहरूले निकै प्रभावित लेतुर नगरपालिका क्षेत्रमा हराएका व्यक्तिहरूको खोजीका लागि ड्रोन प्रयोग गरिरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register