यसरी सुरु भएको थियो देउसीभैलोको चलन

काठमाडौं । तिहारमा लक्ष्मी पूजाको दिनदेखि देउसी भैलो खेल्ने परम्परा रहेको छ । यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको मानिन्छ, जसको मुल स्रोत दुई फरक कथासँग जोडिएको छ । पहिलो कथाअनुसार ‘देउसिरे’ शब्द ‘देव श्री राम’बाट अपभ्रंश भएर आएको हो । रामायण कालमा जब भगवान् राम अयोध्या फर्किए, त्यस बेला अयोध्याबासिन्दाले खुसियालीमा दियो बालेर स्वागत […]

Nov 1, 2024 - 06:45
 0
यसरी सुरु भएको थियो देउसीभैलोको चलन

काठमाडौं । तिहारमा लक्ष्मी पूजाको दिनदेखि देउसी भैलो खेल्ने परम्परा रहेको छ । यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको मानिन्छ, जसको मुल स्रोत दुई फरक कथासँग जोडिएको छ ।

पहिलो कथाअनुसार ‘देउसिरे’ शब्द ‘देव श्री राम’बाट अपभ्रंश भएर आएको हो । रामायण कालमा जब भगवान् राम अयोध्या फर्किए, त्यस बेला अयोध्याबासिन्दाले खुसियालीमा दियो बालेर स्वागत गरेका थिए । त्यस रात भगवान् रामको नाम पुकार्दै मानिसहरू घरघर पुगेको स्मृतिमा यो परम्परा सुरु भएको विश्वास गरिन्छ ।

दोस्रो र बढी प्रचलित कथाअनुसार यो परम्परा राजा बलिसँग जोडिएको छ । अत्यन्त दानवीर राजा बलिको कीर्तिले स्वर्गलोक नै हल्लिएपछि देवताहरूको अनुरोधमा भगवान् विष्णुले वामन रूप धारण गरी तीन पाइला जमिन माग्न पुगे । बलिले दान दिने वचन दिएपछि वामनको रूप विराट भयो र एउटै पाइलाले पृथ्वी, अर्कोले आकाश ढाकियो ।

तेस्रो पाइला राख्न ठाउँ नभएपछि बलि पाताल लोक पुगे । त्यहाँ उनले भगवान् विष्णुसँग वर्षको एक पटक पृथ्वीमा आउन पाउने वर मागे । यसलाई स्विकार्दै विष्णुले बलीलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए ।

अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वास सहित दीप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ । अहिले पनि देउसी खेल्नेहरूले “हामी त्यसै आएनौँ, बलि राजाले पठाएर आएका हौँ” भन्ने वाक्य प्रयोग गर्नुको पछाडि यही पौराणिक कथा छ ।

पछिल्लो समयमा यो परम्पराले आधुनिक रूप लिँदै समसामयिक विषयवस्तुलाई समेत समेट्न थालेको छ । यसरी हेर्दा देउसी भैलो केवल एउटा सांगीतिक परम्परा मात्र नभई नेपाली समाजको सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई जोड्ने एउटा महत्त्वपूर्ण कडीको रूपमा रहेको देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register