दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर विमानमार्फत त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैबीच, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत […]

Nov 5, 2024 - 16:14
 0
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर विमानमार्फत त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका एक सय ३५ जना शान्ति सैनिकको टोली हिजै यहाँ आइपुगेको छ । सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा रहेको टोली स्वदेश फर्किएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register