त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौं– पाँच किलो ७०० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले नेपाल भ्युजलाई जानकारी दिए । उनका अनुसार उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र […]

Nov 6, 2024 - 03:21
 0
त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौं– पाँच किलो ७०० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् ।

उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले नेपाल भ्युजलाई जानकारी दिए ।

उनका अनुसार उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र सशस्त्रको विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो ।

‘पक्राउ परेका तीनजना एयर अरेबियाको उडान नं. जी ९५३० मा यूएईकाे शारजाहबाट काठमाडौं आएका थिए । भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेजभित्रको १२ थान स्पिकरमा सुन लुकाइराखेको भेटिएकाले उनीहरू पक्राउ परेका हुन्,’ सहप्रवक्ता थापाले भने ।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register