ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक निर्वाचित निर्वाचित भएका हुन् । औपचारिक रुपमा घोषणा भने भइसकेको छैन । बीबीसीकाअनुसार उनले २७७ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ह्यारिसले २२४ मात्र भोट पाइन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल […]

Nov 6, 2024 - 10:51
 0
ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक निर्वाचित निर्वाचित भएका हुन् । औपचारिक रुपमा घोषणा भने भइसकेको छैन ।

बीबीसीकाअनुसार उनले २७७ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ह्यारिसले २२४ मात्र भोट पाइन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्।

ट्रम्प सन् २०१६ मा पहिलोपटक ४५औं राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर, उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

यस्तै, रिपब्लिकनले तल्लो र माथिल्लो दुवै सदनमा जित हासिल गरेको छ ।

अमेरिकी राजनीतिमा ‘ट्रम्पवाद’ उदयका आधार

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register