ट्रम्पले दोहोर्‍याए १३२ वर्ष पुरानो इतिहास

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक निर्वाचित निर्वाचित भएका हुन् । ट्रम्प अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै एक कार्यकालको ग्यापपछि फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि सोही व्यक्ति अर्को कार्यकालका लागि […]

Nov 6, 2024 - 11:03
 0
ट्रम्पले दोहोर्‍याए १३२ वर्ष पुरानो इतिहास

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रोपटक निर्वाचित निर्वाचित भएका हुन् ।

ट्रम्प अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै एक कार्यकालको ग्यापपछि फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि सोही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति बनेका छन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर चुनाव जितेका ट्रम्पले त्यो समयमा लोकप्रिय मत गुमाए पनि इलेक्टरहरुको मतले जितेका थिए । ३०६ इलेक्टोरल भोट पाएर ट्रम्प विजय भएका थिए ।

सन् २०२० को चुनावमा भने उनले २३२ मात्रै इलेक्टरको मत पाएर पराजित भए । यो वर्षको चुनावमा फेरि डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका छन् । उनको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यसअघि सन् १८९२ नोभेम्बर ८ मा भएको चुनावमा अमेरिकी राष्ट्रपतिमा विजय भएका थिए, ग्रोभर क्लिभलेन्ड ।

उनी त्योभन्दा अगाडिको चुनावमा पराजित भएका थिए । राष्ट्रपति भएपछिको चुनाव पराजित भएर फेरि अर्को चुनाव जित्ने प्रथम रेकर्ड क्लिभलेन्डको नाममा बन्यो ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार उनले २७७ इलेक्टर मत ल्याएर विजयी भएका थिए ।

सन् १८८९ को चुनावमा भने १६८ इलेक्टर मतमात्रै ल्याएर उनी बेन्जामिन ह्यारिसनसँग पराजित भएका थिए । उनी पहिलो कार्यकालका लागि सन् १८८५ मा निर्वाचित भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register