टी–२० विश्वकप एशिया छनोटमा नेपालको विजयी शुरुआत

काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । युएईको द सेभेन रङ्गशालामा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो । जितका लागि नेपालले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेटको क्षतिमा ३५ रनमा समेटिएको थियो । थाइल्यान्डका लागि कप्तान अफिसाराले सबैभन्दा […]

Nov 6, 2024 - 12:57
 0
टी–२० विश्वकप एशिया छनोटमा नेपालको विजयी शुरुआत

काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । युएईको द सेभेन रङ्गशालामा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो ।
जितका लागि नेपालले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेटको क्षतिमा ३५ रनमा समेटिएको थियो ।

थाइल्यान्डका लागि कप्तान अफिसाराले सबैभन्दा धेरै १३ रन बनाइन् । नेपालकी रचना चौधरीले ४ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो र रिया शर्माले समान २ तथा मनिशा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।

यसअघि यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो । नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन् । यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाए । थाइल्यान्डकी चरुकन सेमाले २ विकेट लिइन् ।

कात्तिक २९ गतेसम्म सञ्चालन हुने छनोट खेलमा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्यान्ड सहभागि छन् । नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग, आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register