युनाइटेडका नयाँ प्रशिक्षक अमोरिमसँग कुनै सम्पर्क भएको छैन– निस्टेलरोय

लन्डन– म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक रुड भान निस्टेलरोयले क्लबमा आफ्नो भविष्यबारे आगामी मुख्य प्रशिक्षक रुबेन अमोरिमसँग कुनै कुराकानी नगरेको बताएका छन् । युरोपा लिगको क्याम्पेनलाई पुनः सुरु गर्ने प्रयास गर्दै गरेको जानकारी दिँदै उनले यस्तो बताएका हुन् । गत साता एरिक टेन हागलाई बर्खास्त गरेपछि ओल्ड ट्राफोर्डमा अस्थायी रूपमा जिम्मेबारी सम्हालेका पूर्व स्ट्राइकर निस्टेलरोयले लिग […]

Nov 7, 2024 - 04:39
 0
युनाइटेडका नयाँ प्रशिक्षक अमोरिमसँग कुनै सम्पर्क भएको छैन– निस्टेलरोय

लन्डन– म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक रुड भान निस्टेलरोयले क्लबमा आफ्नो भविष्यबारे आगामी मुख्य प्रशिक्षक रुबेन अमोरिमसँग कुनै कुराकानी नगरेको बताएका छन् । युरोपा लिगको क्याम्पेनलाई पुनः सुरु गर्ने प्रयास गर्दै गरेको जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

गत साता एरिक टेन हागलाई बर्खास्त गरेपछि ओल्ड ट्राफोर्डमा अस्थायी रूपमा जिम्मेबारी सम्हालेका पूर्व स्ट्राइकर निस्टेलरोयले लिग कपमा लेस्टर सिटीविरुद्ध ५–२ को जित र प्रिमियर लिगमा चेल्सीविरुद्ध १–१ को बराबरी खेलेका छन् ।

बिहीबार ग्रीसको पीएएओकेसँग खेल्ने युनाइटेडले युरोपमा सुस्त सुरुवात गरेको छ र युरोपा लिगमा अहिलेसम्मका तीनवटै खेलमा बराबरी नतिजा निकालेको छ ।

मङ्गलबार पोर्चुगलको लिस्बनमा म्यानचेस्टर सिटीविरुद्ध ४–१ को जित दिलाउने क्रममा स्पोर्टिङ प्रशिक्षक बनेका अमोरिमसँग कुराकानी गरे–नगरेको सवालमा निस्टेलरोयले भने, ‘अहिलेसम्म मैले उहाँसँग कुनै सम्पर्क गरेको छैन ।’

अमोरिम नोभेम्बर ११ मा युनाइटेडको प्रशिक्षक बन्दै छन् ।

डच प्रशिक्षक निस्टेलरोयले पहिले नै ओल्ड ट्राफोर्डमा बस्ने इच्छा व्यक्त गरिसकेका छन्, तर उनले आफ्नो भविष्यबारे अनिश्चित रहेको भने बताए ।

‘अहिले यसमा टिप्पणी गर्न गाह्रो छ, म कुराकानी हुने प्रतीक्षामा छु,’ उनले खेलपूर्वको पत्रकार सम्मेलनमा भने, ‘यस फूटबल क्लबका लागि अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको दैनिक आधारमा र भोलि युरोपमा आउने खेलमा काम गर्नु हो ।’

आफूले अमोरिमलाई स्वागत गर्ने र उनलाई सहयोग गर्न पाउँदा खुसी हुने निस्टेलरोयले बताए ।

‘यो ओल्ड ट्राफोर्डमा युरोपेली रातको खेल हो, जसमा ग्रीक च्याम्पियनसँग खेल्नु छ । ग्रीक च्याम्पियन अहिले लिगमा दोस्रो स्थानमा छ । म इमान्दार हुनुपर्छ भन्ने मलाई लाग्छ, आगामी हप्तामा राम्रो गर्ने जिम्मेवारी मेरो छ र यही मेरो काम हो । म यसमा केन्द्रित छु,’ उनले भने, ‘म रुबेन अमोरिमलाई स्वागत गर्दछु, म उहाँलाई सहयोग गर्न पाउँदा खुसी हुनेछु र अहिलेको अवस्था यही हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register