गाजा र लेबनानमा इजरायली हवाई हमला : १०० भन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले गाजा र लेबनानमा गरेको हवाई हमलामा परेर पछिल्लो २४ घण्टामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ । इजरायली सेनाको हवाई हमलाबाट गाजामा ५० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । जसमध्ये कम्तीमा ४२ जनाले गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाएको अलजजिराले समाचारमा जनाएको छ । लेबनानका सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली […]

Nov 8, 2024 - 04:33
 0
गाजा र लेबनानमा इजरायली हवाई हमला : १०० भन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले गाजा र लेबनानमा गरेको हवाई हमलामा परेर पछिल्लो २४ घण्टामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

इजरायली सेनाको हवाई हमलाबाट गाजामा ५० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । जसमध्ये कम्तीमा ४२ जनाले गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाएको अलजजिराले समाचारमा जनाएको छ ।

लेबनानका सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले लेबनानभर ५३ जनाको हत्या गरेको छ । यस्तै १६१ जनालाई घाइते बनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणपछि इजरायलले प्रत्याक्रमण जारी राखेको छ । यसयता गाजामा मात्रै कम्तीमा ४३ हजार ४६९ प्यालेस्टिनीको मृत्यु भएको छ ।

यस्तै १ लाख २ हजार ५६१ जना घाइते भएका छन् ।

आक्रमणको दिन इजरायलमा १ हजार १३९ जनाको मृत्यु हुनका साथै २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाइएको थियो ।

गाजा युद्ध सुरु भएदेखि लेबनानमा ३ हजार १०३ जनाको मृत्यु र १३ हजार ८५६ जना घाइते भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register