बेक्सली  नेपाली समुदायको दोस्रो सिजन नृत्य कार्यक्रम भव्यता का साथ सम्पन्न ।

Apr 5, 2022 - 09:07
Apr 5, 2022 - 09:12
 0
बेक्सली  नेपाली समुदायको दोस्रो सिजन नृत्य कार्यक्रम भव्यता का साथ सम्पन्न ।

London-UK,

बेक्सली नेपाली समुदायले  पहिलो डान्स सिजनको अपार सफलता पछि पछिल्लो डान्स सिजन पनि भब्य सफलतापूर्वक समापन गरेको छ।
२ अप्रिल २०२२ आइतबारका दिन हारिस अकैडमी को हलमा सम्पन्न यस कार्यक्रम मा तिन समुहमा नृत्य  प्रदर्शन गरिएको थियो ।

बेक्सली नेपाली समुदायको लागि यो एक उल्लेखनीय दिन हो, यो एउटा ऐतिहासिक माइलस्टोन हो जुन हामीले आज ए-स्टार फाइनान्सियल सोलुसन युकेको सहयोगमा "सबैले नाच्न सक्छन् " भन्ने थिमका साथ सिजन-२ लेडीज डान्स कार्यक्रमको फाइनल गरेका छौ । हाम्रो समुदायलाई जोड्न र रमाइलो तरिकाले COVID-19 को एक्लोपन कम गर्न र शारीरिक र मानसिक रूपमा सक्रिय रहन मद्दत गर्न समेत यो लेडीज़ डान्स कार्यक्रम ले मदत गरेको छ।

बेक्सली नेपाली समुदायका सचिव होम नाथ ज्ञावली लें संचालन गरेको कार्यक्रमा संख्थाका अध्यक्ष आनंद धरेल, नृत्य शिक्षिका अपेक्षा कार्की तथा ए-स्टार फाइनान्सियल सोलुसन युकेको बाट आउनु भएका पहुनाहरूले  पानसमा बत्ती बालेर कार्यक्रम सुरू गरीएको थियो ।

कार्यक्रम मा संस्था की उपाध्यक्ष बिन्दु गुरूङ ले सबैलाई स्वागत गर्नु भएको थियो ।यस कार्यक्रम लाई सहयोग गर्नुहुने ए स्टार लाई, नृत्य सिक्ने सम्पूर्ण टोलीलाई साथै नृत्य सिकाउने शिक्षिका लागि पनि बिषेश धन्यवाद दिदै तेस्रो सिजन पनि ल्याउने प्रतिबद्धता  संस्था का कोषाध्यक्ष तथा  नृत्य कार्यक्रम का संयोजन दीपेन्द्र सिटैलाले गर्नुभयो ।

पहिलो र दोस्रो अनुभव सुनाउदै नृत्यका सहभागी अहिल्या कुँवर ले आफुलाई आजकाल यहाँ बस्दा पुरै नेपालमा बसेको अनुभव रहेको र यति दुख गरि हामीलाई नृत्य सिकाउने शिक्षिका, बेक्सली  नेपाली समुदाय जसले यस्तो राम्रो कार्यक्रममा भाग लिने मौका दियो र ए-स्टार फाइनान्सियल सोलुसन युके जस्ले आर्थिक सहयोग गरि मद्दत गर्यो सबैलाई धन्यवाद दिइन। त्यस्तै आर्को सहभागी शिलु दाहाल ले पनि हामीले साथीभाई परिवार पाएको छौ भन्दै सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम को अन्तिममा सबैलाई मिठो खाना को व्यवस्था पनि राखिएको थियो  ।

भिडियो:


फोटो संग्रह:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Ahilya Kunwar (अहिल्या कुँवर)   ( बेक्सली नेप्लिज् कम्युनिटी पत्रकारिता संयोजक ) Welcome to Bexley Nepalese Community Bexley Nepalese Community (“the Charity”) is a charitable organisation established in 2008 and formally registered in March 2016 with the Company House as a company limited by guarantee. The Charity is working on promotion of social inclusion for the public benefit for those in Nepalese community and Gurkha ex-servicemen and their dependents in the London Borough of Bexley who are socially excluded on the grounds of their social and economic position by the provision of basic English language, computer courses, advancement of education of the public in Gurkha and Nepalese culture, tradition and history by means as the trustees see fit.