शंखाबुङ गोल्डकपको उपाधी एफएफसी घारेगाउँलाई

इलाम, २६ कात्तिक । माईजोगमाई गाउँपालिका–१ शंखाबुङमा शंखाबुङ युथ क्लबको आयोजनामा गत कात्तिक १२ गतेबाट संचालित प्रथम शंखाबुङ गोल्डकपको फाईनल खेल २५ गते आईतबार समापन भएको छ । आयोजक समितिका अध्यक्ष दिपेश निरौलाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता , वडा नं १ [...] The post शंखाबुङ गोल्डकपको उपाधी एफएफसी घारेगाउँलाई appeared first on Jhapa Online.

Nov 11, 2024 - 02:35
 0
शंखाबुङ गोल्डकपको उपाधी एफएफसी घारेगाउँलाई

इलाम, २६ कात्तिक । माईजोगमाई गाउँपालिका–१ शंखाबुङमा शंखाबुङ युथ क्लबको आयोजनामा गत कात्तिक १२ गतेबाट संचालित प्रथम शंखाबुङ गोल्डकपको फाईनल खेल २५ गते आईतबार समापन भएको छ ।

आयोजक समितिका अध्यक्ष दिपेश निरौलाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता , वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीको विशेष आथित्यता साथै वडा नं १ का वडा सदस्य कल्पना रसाईली वडा नं १ का वडासदस्य भक्त चेमजोङ , वडा नं २ का वडासदस्य रमेश राई , विभिन्न राजनैतिक दलका प्रतिनिधि , शारदा आधारभूत बिद्यालय शंखाबुङका प्रधानाध्यापक ढाकानाथ खतिवडा , सारदा आधरभूत बिद्यालयका बिव्यस अध्यक्ष खड्ग निरौला , खेलमैदानको जग्गादाता हेमकर्ण निरौला , माईजोगमाई खेलकुद बिकास परिषदका पदाधिकारीहरू , स्थानिय समाजसेवी , खेलप्रेमी , लगायतको बाक्लो उपस्थितिमा फाईनल खेल सम्पन्न भएको छ ।

फाईनल खेल एफएफसि घारेगाउँ र आयो गोर्खाली माईमझुवा बिचको खेलमा खेलको पहिलो हाफको १० मिनेटमा आयो गोर्खालीको तर्फबाट जर्सी नम्बर ४ का रजिन माझीले १ गोल गरि खेललाई अघि बढाएका थिए । खेलको मध्यन्तर अगाडि आयो गोर्खाली १ गोलले अगाडि रहेकोमा खेलको दोस्रो हाफको १५ औ मिनेटमा एफएफसि घारेगाउँका जर्सी नम्बर ११ का खेल्लाडी बिनोद धमलाले १ गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । खेलको दोस्रो हाफको अन्तिममा एफएफसी घारेगाउँका खेल्लाडी जर्सी नम्बर ६ का श्याम मुर्मुले १ गोल गर्दै आफ्नो टिमलाई जितको नजिक पुर्याएका हुन् । अन्तस्त खेलको बिजयी टिम एफएफसी घारेगाउँ हुन पुग्यो ।

खेलको बिजेता टिमले नगद रू ३०,००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ भने उपबिजेता टिमले नगद रू २०,००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हातपारेको छ । खेलमा सर्वाधिक गोलकर्ता जोसेफ राई घोसित भए , उदयमान खेल्लाडी रियान लाप्चा घोसित भए , उत्कृष्ट डिफेन्स आयुस तिम्सीना घोसित भए, उत्कृष्ट खेल्लाडी झरण राई घोसित भए , उत्कृष्ट गोल किप्परमा सर्जन आङ्वो घोसित भए ।उनिहरूलाई ट्रफी मेडल र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।

खेलको निर्णायका लाकेल योल्मू , रन्जु योल्मू , उमेश राई , निमा लेप्चा र सोमछिरिङ लेप्चा रहेका थिए ।
साथै खेलको अवसरमा भाग्यशाली चिठ्ठाको समेत आयोजना गरिएको थियो भने हाडी फुटाउने कार्यक्रम र बिविध सास्कृतिक कार्यक्रमको आयोजना समेत रहेको थियो। कार्यक्रमको प्रत्यक्ष प्रशारण माईजोगमाई खवरले गरेको थियो । कार्यक्रमको संचालन शंखाबुङ युथ क्लवका अरन्त निरौलाले संचालन गरेका थिए ।

The post शंखाबुङ गोल्डकपको उपाधी एफएफसी घारेगाउँलाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register