झापामा श्रीमतीले गरिन् श्रीमानमाथि कट्टी प्रहार

झापा, ७ कात्तिक । सामान्य घरायसी विवादमा झापाको बाह्रदशीमा कट्टी प्रहार गरी श्रीमतीले श्रीमानलाई घाइते बनाएकी छिन् । बाह्रदशी–६ बिहीबारे बजार निवासी ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गर्दा ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बू घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । [...] The post झापामा श्रीमतीले गरिन् श्रीमानमाथि कट्टी प्रहार appeared first on Jhapa Online.

Oct 23, 2024 - 16:08
 0
झापामा श्रीमतीले गरिन् श्रीमानमाथि कट्टी प्रहार

झापा, ७ कात्तिक । सामान्य घरायसी विवादमा झापाको बाह्रदशीमा कट्टी प्रहार गरी श्रीमतीले श्रीमानलाई घाइते बनाएकी छिन् ।

बाह्रदशी–६ बिहीबारे बजार निवासी ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गर्दा ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बू घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते लिम्बूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । श्रीमानलाई कट्टी प्रहार गर्ने विद्यादेवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी विष्टले बताए ।

उता दमक–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भएको छ । उनीहरु फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केशीले जानकारी दिए । दमक–३ दमक मधुमल्ला सडकखण्डको मावा खोलाको पुलमा दमक –९ बस्ने अन्दाजी ३२ वर्षका देशु भनिने यामु निरौलाको हत्या भएको हो ।

निरौलालाई भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारको लागि आम्दा अस्पताल खरखरेमा ल्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई तत्काल नाम, थर, वतन नखुलेका २–३ जना व्यक्तिले लाती तथा मुड्की प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको दमक प्रहरीले जनाएको छ ।

तर, अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको डीएसपी निशान थापाले बताए । उनले कुटपिट गर्नेहरु फरार भएकाले खोजतलास तथा अनुसन्धान भइरहेको जानकारी दिए । निरौलाको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।

क्रसर संचालन रहेको मावा खोलाको बगरको ऐलानी जग्गाको विषयमा विवाद भएको हुनसक्ने आशंका गरिएको छ । दुई पक्षबीच विवाद भएको आशंका गरिएपनि विवादको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

The post झापामा श्रीमतीले गरिन् श्रीमानमाथि कट्टी प्रहार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register