विदेश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिरूवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई काठमाडौँ […]

Nov 12, 2024 - 07:11
 0
विदेश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिरूवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई काठमाडौँ महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन् ।
पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register