चाइना साउदर्न एयरलाइन्सको निओ जहाजद्वारा  ग्वान्जाओ–काठमाडौँ उडान सुरु, चीन–नेपाल मित्रतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास 

काठमाडौँ।  चाइना साउदर्न एयरलाइन्सको  निओ जहाजले ग्वान्जाओ–काठमाडौँ उडान सुरु गरेको छ।  मंगलबार चाइना साउदर्न एयरलाइन्सले आफ्नो ए ३२० निओ जहाजबाट ग्वान्जाओ र काठमाडौंबीचको उडानको औपचारिक रूपमा सुरुवात गरेको हो।   यसले चीन र नेपालबीचको हवाई सम्बन्धमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ कम्पनीले जनाएको छ। । चाइना साउदर्न एयरलाइन्सले यस उडानको स्तरोन्नतिमार्फत चीन–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ […]

Nov 12, 2024 - 11:34
 0
चाइना साउदर्न एयरलाइन्सको निओ जहाजद्वारा  ग्वान्जाओ–काठमाडौँ उडान सुरु, चीन–नेपाल मित्रतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास 

काठमाडौँ। 

चाइना साउदर्न एयरलाइन्सको  निओ जहाजले ग्वान्जाओ–काठमाडौँ उडान सुरु गरेको छ।  मंगलबार चाइना साउदर्न एयरलाइन्सले आफ्नो ए ३२० निओ जहाजबाट ग्वान्जाओ र काठमाडौंबीचको उडानको औपचारिक रूपमा सुरुवात गरेको हो। 

 यसले चीन र नेपालबीचको हवाई सम्बन्धमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ कम्पनीले जनाएको छ। । चाइना साउदर्न एयरलाइन्सले यस उडानको स्तरोन्नतिमार्फत चीन–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन तथा दुई देशबीचको मानवीय र आर्थिक आदानप्रदानलाई बढावा दिन थप सहज र आरामदायी हवाई पुल निर्माण गर्ने अपेक्षा गरेको छ।

ए ३२० निओ जहाजमा पहिलेको ए ३१९ निओ भन्दा बढी सिट क्षमता छ। यसको क्याबिन डिजाइन र सुधारिएको सिट व्यवस्थापनले  थप विकल्प प्रदान गर्नुका साथै उडानलाई अझ आरामदायी बनाउने  कम्पनीको भनाइ छ। । 

यस उडानमार्फत दुई देशबीच पर्यटन, संस्कृति र व्यापार जस्ता क्षेत्रमा अन्तरक्रिया र विकासलाई अगाडि बढाउने चाहनासहित यात्रुहरूलाई दक्ष र मैत्रीपूर्ण उडान अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध छ। साथै  काठमाडौँ उडानका लागि अनुभवी चालक दल तैनाथ गरेको र  भविष्यमा यात्रुहरूलाई थप सहज र उच्च गुणस्तरीय हवाई यात्रा सेवा प्रदान गर्न नयाँ उडान र जहाज स्तरोन्नति योजनाको खोजीलाई निरन्तरता दिने र चीन–नेपाल मित्रतामा नयाँ ऊर्जा थपिने कम्पनीले बताएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register