सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हट्यो
काठमाडौं । सरकारले सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताउनुभयो ।
सूचनाप्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न दिने मन्त्री महतले बताउनुभयो ।
यस्तै प्रचलित कानुन अनुसार अनुमति लिनुपर्ने उद्योग बाहेक विदेशी लगानी खुला गरिएका उद्योगमा लगानी भित्र्याउन स्वचालित प्रक्रियाबाट स्वीकृति दिने उहाँले बताउनुभयो । विदेशी लगानीबाट आर्जित आय पुनः लगानीमा स्वीकृति नचाहिने व्यवस्था गर्ने मन्त्री महतले बाउनुभयो ।
What's Your Reaction?






