साउदीस्थित नेपाली राजदूतावासले भन्यो – सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्नू

काठमाडौं । साउदी अरेबियास्थित नेपाली राजदूतावासले सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर नहिँड्न नेपालीलाई आग्रह गरेको छ । पछिल्ला केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपाली जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न आग्रह गरेको हो । साउदीको कानूनअनुसार सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर हिँड्न, […]

Nov 14, 2024 - 07:05
 0
साउदीस्थित नेपाली राजदूतावासले भन्यो – सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्नू

काठमाडौं । साउदी अरेबियास्थित नेपाली राजदूतावासले सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर नहिँड्न नेपालीलाई आग्रह गरेको छ ।

पछिल्ला केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपाली जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न आग्रह गरेको हो ।

साउदीको कानूनअनुसार सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्राथनाको समयमा ठूलो आवाजमा गाना बजाना गर्न, सार्वजनिक स्थानमा थुक्ने लगायतका फोहोर हुने कार्य गर्न, ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टाएको स्थान ओगट्ने कार्य गर्न पाइँदैन ।

यस्ता कार्य गरेमा पाँच हजार साउदी रियालसम्म जरिवाना तथा थप सजाय हुने साउदीको कानूनी व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register