३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न रुसी अदालतको आदेश

काठमाडौं । रुसको अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम स्वीकृति निलिइ काम गरिरहेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश दिएको छ । विद्यार्थीले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरिरहको भन्दै अदालतले उनीहरुलाई नेपाल डिपोर्ट गर्ने फैसला सुनाएको हो । सोपुछको क्रममा उनीहरुले विश्वविद्यालयमा अध्ययन गरिरहेको कागज पनि देखाउन नसकेको आरोप पनि लगाइएको छ […]

Nov 17, 2024 - 08:23
 0
३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न रुसी अदालतको आदेश

काठमाडौं । रुसको अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम स्वीकृति निलिइ काम गरिरहेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश दिएको छ ।

विद्यार्थीले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरिरहको भन्दै अदालतले उनीहरुलाई नेपाल डिपोर्ट गर्ने फैसला सुनाएको हो ।

सोपुछको क्रममा उनीहरुले विश्वविद्यालयमा अध्ययन गरिरहेको कागज पनि देखाउन नसकेको आरोप पनि लगाइएको छ ।

उनीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटको कल सेन्टरमा काम गरिरहेका थिए । जहाँबाट उनीहरुलाई पक्राउ गरिएको थियो । तिमध्ये १२ जना महिला हुन् ।

विद्यार्थी भिसामा रुस पुगेका उनीहरुले काम गर्ने अनुमति पाएका थिएनन् । गत कार्तिक १४ गते उनीहरुलाई रुसको अभ्यागमन विभागका अधिकारीले पक्राउ गरेका थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register