सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा, अस्थायी र ज्यालादारीलाई पनि समेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे । प्रधानमन्त्री […]

Nov 26, 2024 - 11:11
 0
सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा, अस्थायी र ज्यालादारीलाई पनि समेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताए ।

ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरे ।

उनले भने, ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिनमात्रै पनि सेवा गर्छ भने यो नियम लागू गर्नु पर्दछ । र, यस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ । यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register