ब्लाइण्ड टी २० क्रिकेट विश्वकप : नेपालको लगातार दोस्रो जित, दक्षिण अफ्रिका ११ रनले पराजित

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी २० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पाकिस्तानमा जारी ब्लाइण्ड टी–२० विश्वकपअन्तर्गत आफ्नो चौंथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो। सुरुवातमा लगातार दुई खेल गुमाएको नेपालले पछिल्ला दुई खेलमा लगातार जित हासिल गरेको छ । यसअघिको खेलमा नेपालले सोमबार अफगानिस्तानलाई पराजित गरेको थियो […]

Nov 26, 2024 - 12:59
 0
ब्लाइण्ड टी २० क्रिकेट विश्वकप : नेपालको लगातार दोस्रो जित, दक्षिण अफ्रिका ११ रनले पराजित

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी २० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पाकिस्तानमा जारी ब्लाइण्ड टी–२० विश्वकपअन्तर्गत आफ्नो चौंथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो।

सुरुवातमा लगातार दुई खेल गुमाएको नेपालले पछिल्ला दुई खेलमा लगातार जित हासिल गरेको छ । यसअघिको खेलमा नेपालले सोमबार अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो । दक्षिण अफ्रिकाका लागि बुले भिडलाले  १०० रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register