नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ । यूएई दुबई क्रिकेट स्टेडियममा जारी खेलमा नेपाल ४५.४ ओभर १४१ रन बनाएर अलआउट भएको हो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । सो क्रममा उनले ७७ बलमा ५ चौका प्रहार गरे । उत्तम मगर र अभिषेक तिवारीले २९-२९ […]

Dec 1, 2024 - 08:29
 0
नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ ।

यूएई दुबई क्रिकेट स्टेडियममा जारी खेलमा नेपाल ४५.४ ओभर १४१ रन बनाएर अलआउट भएको हो ।

नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । सो क्रममा उनले ७७ बलमा ५ चौका प्रहार गरे । उत्तम मगर र अभिषेक तिवारीले २९-२९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बंगलादेशका लागि रिजन होसान र अल फाहादले २–२ विकेट लिए । टस जितेर बंगलादेशले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register