नबिल बैंकको नाफा सबैभन्दा धेरै, कृषि विकास बैंक चरम घाटामा, अरुको अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म बैंकहरुको खुद नाफा ७.५६ प्रतिशतले बढेको छ । यसअवधिमा वाणिज्य बैंकहरुले कुल २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । पछिल्लो १ वर्षको अवधिमा २० […]

Dec 10, 2024 - 07:47
 0
नबिल बैंकको नाफा सबैभन्दा धेरै, कृषि विकास बैंक चरम घाटामा, अरुको अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म बैंकहरुको खुद नाफा ७.५६ प्रतिशतले बढेको छ । यसअवधिमा वाणिज्य बैंकहरुले कुल २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

पछिल्लो १ वर्षको अवधिमा २० वाणिज्य बैंकमध्ये १६ बैंकको खुद नाफा बढेको छ । तीन बैंकको खुद नाफा घटेको छ भने कृषि विकास बैंक भने नोक्सानीमा रहेको छ ।

यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले कुल २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकको खुद नाफा भने क्रमशः १०० प्रतिशत र १०७ प्रतिशतले बढेको छ ।

यता २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आइएमई बैंक सर्वाधिक नाफा कमाउने दोस्रो बैंक बनेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो बनेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यसअवधिमा १ अर्ब ८२ करोड खुद नाफा कमाएको छ ।

त्यस्तै, कार्तिक मसान्तसम्म एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ७१.८३ प्रतिशतले घटेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५४.१९ प्रतिशत र हिमालयन बैंकको खुद नाफा ३९.०१ प्रतिशतले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register