सीईओ गोबिन्द गुरुङको पर्फमेन्स कमजोर हुँदा कृषि विकास बैंक निरन्तर घाटामा

काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द गुरुङको पर्फमेन्स कमजोर हुँदा कृषि विकास बैंक निरन्तर घाटामा गएको देखिएको छ । बैंकको सीईओको रुपमा गुरुङ नियुक्त भएयता बैंक निरन्तर घाटामा देखिएको हो । गुरुङलाई बैंकको २०७९ फागुन ७ गते सीईओको रुपमा नियुक्त गरिएको थियो । तर, सीईओमा गुरुङ नियुक्त भएयता बैंक घाटामा देखिएको छ । यसो […]

Dec 10, 2024 - 08:15
 0
सीईओ गोबिन्द गुरुङको पर्फमेन्स कमजोर हुँदा कृषि विकास बैंक निरन्तर घाटामा

काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द गुरुङको पर्फमेन्स कमजोर हुँदा कृषि विकास बैंक निरन्तर घाटामा गएको देखिएको छ । बैंकको सीईओको रुपमा गुरुङ नियुक्त भएयता बैंक निरन्तर घाटामा देखिएको हो ।

गुरुङलाई बैंकको २०७९ फागुन ७ गते सीईओको रुपमा नियुक्त गरिएको थियो । तर, सीईओमा गुरुङ नियुक्त भएयता बैंक घाटामा देखिएको छ ।

यसो त गुरुङ सीईओ हुने बेलामा बैंक १२ करोड रुपैयाँ घाटामा थियो । सोही बेला बैंकको सीईओ बनेका गुरुङलाई बैंकको नाफा वृद्धि गर्ने ठूलो चुनौति थियो । तर, बैंकको सीईओ नियुक्त भएपछि ठूलो अपेक्षा गरिएका गुरुङको पर्फमेन्स कमजोर हुँदा आर्थिक वर्ष २०८०/८१ मा बैंक २७ करोड रुपैयाँ घाटामा गएको थियो ।

हाल वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा पनि २० वाणिज्य बैंकमध्ये घाटामा गएको कृषि विकास बैंक एक्लो बैंक हो । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म बैंक २२ करोड रुपैयाँ बढी घाटामा छ । यसले बैंकका सीईओ गुरुङको कार्यक्षमता माथि नै थप प्रश्न उठाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register