सत्तारुढ कांग्रेस नेता सुनिल शर्मा रविको पक्षमा, सरकारले अमानवीय व्यवहार गरेको आरोप

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले लामिछानेविरुद्ध सरकारले गरेको अमानवीय व्यवहार लोकतन्त्र विपरीत भएको भन्दै भर्त्सना समेत गरे । शर्मा लामिछानेको पक्षमा उभिँदै सरकारको कदमले मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूलाई चुनौती दिएको आरोप […]

Dec 10, 2024 - 08:27
 0
सत्तारुढ कांग्रेस नेता सुनिल शर्मा रविको पक्षमा, सरकारले अमानवीय व्यवहार गरेको आरोप

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले लामिछानेविरुद्ध सरकारले गरेको अमानवीय व्यवहार लोकतन्त्र विपरीत भएको भन्दै भर्त्सना समेत गरे ।

शर्मा लामिछानेको पक्षमा उभिँदै सरकारको कदमले मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूलाई चुनौती दिएको आरोप लगाए ।

उनले ८–१० दिनमा अदालतमा बुझाउनुपर्ने मुद्दामा मानसिक तनाव दिनकै लागि लामिछानेलाई विभिन्न ठाउँमा घुमाएको जिकिर गरे ।

उनले भने, “ सरकारको यो रवैया न त कानुनी मान्यतासँग मेल खान्छ, न त मानवीय व्यवहारसँग । लोकतन्त्रमा प्रत्येक नागरिकलाई सम्मानपूर्वक व्यवहार गरिनुपर्छ । तर, रविजीमाथि हिरासतमा अमानवीय व्यवहार भएको छ ।”

उनले तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न प्रधानमन्त्री, गृहमन्त्रीसँग आग्रह गरे ।

सांसद शर्माले कांग्रेस सरकारमा नरहेका बेला सदनमा बोलाएर जीवी राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाउने व्यक्ति आफैँ गृहमन्त्री हुँदा पनि जीवी राईलाई पक्राउ गर्न नसकेको जिकिर गरे ।

लामिछानेमाथि हाल भइरहेको कानुनी प्रक्रियालाई लिएर समर्थकहरूले सरकारमाथि राजनीति प्रेरित हुने आरोप लगाइरहेको बेलामा सत्तारुढ दलकै नेता पहिलो पटक सरकारकै विपक्षमा उत्रिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register