सार्वजनिक यातायात सेवा अपाङ्गता मैत्री बनाउने मन्त्री दाहालको प्रतिबद्धता 

काठमाडौँ।  भौतिक तथा यातायात मन्त्री देबेन्द्र दाहालले सार्वजनिक यातायात सेवा अपाङ्गता मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय शारीरिक अपाङ्गता संघ नेपालले सोमबार राजधानीमा अपांगतामैत्री यातायात सवालमा सरोकारवालाहरूसँगको राष्ट्रिय कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री दाहालले यस्तो बताएका हुन्।   अपाङ्गता भएका व्यक्तिहरुले पनि सार्वजनिक यातायात सपाग सरह उपभोग गर्ने अधिकार संविधानमै सुनिश्चित […]

Jan 13, 2025 - 10:43
 0
सार्वजनिक यातायात सेवा अपाङ्गता मैत्री बनाउने मन्त्री दाहालको प्रतिबद्धता 

काठमाडौँ। 

भौतिक तथा यातायात मन्त्री देबेन्द्र दाहालले सार्वजनिक यातायात सेवा अपाङ्गता मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय शारीरिक अपाङ्गता संघ नेपालले सोमबार राजधानीमा अपांगतामैत्री यातायात सवालमा सरोकारवालाहरूसँगको राष्ट्रिय कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री दाहालले यस्तो बताएका हुन्। 

 अपाङ्गता भएका व्यक्तिहरुले पनि सार्वजनिक यातायात सपाग सरह उपभोग गर्ने अधिकार संविधानमै सुनिश्चित गरिएको छ उनले भने।

 मन्त्री दाहालले अपाङ्गता मैत्री सार्वजनिक यातायात सेवा उपभोगको अधिकार सुनिश्चित गर्न सडकदेखि सार्वजनिक यातायातमा सुधार गर्न आवश्यक कानुन परिमार्जन गर्न सरकार आवश्यक छलफल गरिरहेको बताए । 

नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको ९९ प्रतिशत सार्वजनिक यातायात निजी क्षेत्रको लगानीमा संचालन हुँदै आएको र  साझा यातायातले पाएको सरकारी सुविधा निजी क्षेत्रका यातायातले पनि पाउने हो भने अपाङ्गता मैत्री सेवा दिन सहज हुने बताए । 

सोही अवसरमा उनले सडकपेटी, सडक, र यातायातको बनोट नेपालको भूबनोट अनुसार भएको र सरकारले यता तर्फ ध्यान दिनुपर्ने बताए । उनले गाडीमा विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतलाई छुट दिँदा दिँदै गाडिनै फ्रिमा चलाउँनुपर्ने अवस्था आउँन लागेको र  यता सरकारले दिएको ४० प्रतिशत भन्सार छुट नै बन्द गर्दा व्यवसायीहरु निकै मारमा परेका छन् भने । 

राजधानीको सवारी चापका कारण १ मिनेट गाडी रोकिदा पनि जाम सुरु हुने कारणले ट्राफिक प्रहरीको कारबाहीमा पर्ने र जरिवाना तिर्नुपर्ने समस्या छ । उत्ता अपाङ्गता भएका व्यक्तिलाई गाडीमा चढाउँन र झार्न कम्तिमा ५ मिनेस समय लाग्छ । यस विषयमा सरकारले सहज व्यवस्था मिलाउनुपर्ने उनले  बताए । 

साझा यातायात व्यवास्थापन समितिका अध्यक्ष कनकमणी दीक्षितले १८ बर्षअघि देखिनै राजधानीमा अपाङ्गता मैत्री यातायात संचालन गर्ने अभ्यास सुरु गरेकोमा सडक र सडक पेटी अपांगमैत्री नहुँदा योजना नै असफल हुन पुगेको बताए । उनले अपांगमैत्री यातायातका लागि सडक पेट, सडक र बसस्ट अपाङ्गता मैत्री बनाउन आवश्यक रहेको बताए । 

स्वतन्त्र यातायात मजदुर संघका नवराज घिमिरेले चेतनाको अभाव तथा सामाजिक संरचना र मानवीय सोचका कारण पनि अपागंता मैत्री वातावरण बन्न नसकेको बताउँदै उनले यातायात मजदुरलाई पनि अपागंता मैत्री व्यवहार गर्न तालिमको व्यवस्था हुनुपर्ने बताए । 

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिले सवारी साधनमा छुट पाउन सकेको छैन । सरोकारवाला निकायले अपांगमैत्री सवारी साधनको परिकल्पना गर्न १० बर्षे कार्ययोजना बनाउनुपर्ने बताए ।

श्रवण दृष्टिविहीन अभिभावक संघका अध्यक्ष लाक्पानुरु शेर्पाले देख्न र सुन्न नसक्ने छोएर मात्र स्थान पहिचान गर्नुपर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिहरुलाई सार्वजनिक यातायात सेवा लिन असम्भव जस्तै छ । कतिपय अवस्थामा गाडीमा चढ्दा दायाबायाँ छुदा चोर दोस लगाएका दुखदायी घटना छन् । यस्ता व्यक्तिलाई भिडियो कोचको खाँचो । नेपालको जुन ठाउँमा सकिन्छ त्यहाँबाट सुरु गरौँ । 

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात अपाङ्ग मैत्री बनाउन भौतिक संरचनाका साथै जनचेतनाको खाँचो रहेको कुरा औँल्याए । 

त्यसैगरी  राष्ट्रि शारीरिक आपांगता संघका अध्यक्ष विनीता रेग्मीले सार्वजनिक यातायात सेवा अपाङ्ग मैत्री बनाउन संघले देशव्यापी रुपमा छलफल गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको बताए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वरिष्ठ इन्जिनियर शंकर सिंह धामीले नेपालको संविधानमा सार्वजनिक सेवामा समान पँहुच हुनुपर्ने व्यवस्था रहेको छ । राज्यका अपाङ्गता भएका व्यक्तिलाई व्यवस्थित बनाउनुपर्ने र सम्मान पूर्वक व्यवहार गर्नुपर्ने व्यवस्था रहेको छ । यातायातलाई पहुँचयुक्त बनाई अपाङ्गता भएका व्यक्तिलाई सहज बनाउने व्यवस्था रहेको छ । नीति, रणनीति, कार्यनीतिमा भएको व्यवस्था अनुरुप व्यवहार गर्न सबै जिम्मेवार हुनुपर्छ भने । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register