दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
विराटनगर, २९ पुस । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमको समारोह बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ । [...] The post दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम appeared first on Jhapa Online.

विराटनगर, २९ पुस । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमको समारोह बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ ।
पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ ।
सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक आर्कीटेक हरी प्रसाद ढंगोल लगायत सिनीयर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
The post दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम appeared first on Jhapa Online.
What's Your Reaction?






