स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः अझै सकिएन थुनछेक बहस, रवि लामिछानेको हिरासत बसाइ लम्बियो   

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइ लम्बिने भएको छ । आज पनि काठमाडौँ जिल्ला अदालतमा रविको थुनछेक बहस सकिएन ।  बहस नसकिएपछि अदालतले उक्त मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखेको छ ।  सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका तर्फबाट दुई जना र सरकारी वकिल ९ […]

Jan 13, 2025 - 11:02
 0
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः अझै सकिएन थुनछेक बहस, रवि लामिछानेको हिरासत बसाइ लम्बियो   

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइ लम्बिने भएको छ । आज पनि काठमाडौँ जिल्ला अदालतमा रविको थुनछेक बहस सकिएन । 

बहस नसकिएपछि अदालतले उक्त मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखेको छ । 

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका तर्फबाट दुई जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए । तर, आज पनि रविको थुनछेक बहस भने सकिएन । 

मंगलबार सार्वजनिक बिदा परेकोले मुद्दाको अर्को सुनुवाइ बुधबार मात्रै हुनेछ । त्यसबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन् । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविसहित ३९ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेसँगै उनी आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register