लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुष २८ गते लक्ष्मी सनराइज बैंक, प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारणसभा सम्पन्न भएको हो । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको उक्त कोषले विभिन्न जलविद्युत तथा दिगो […]

Jan 13, 2025 - 11:17
 0
लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुष २८ गते लक्ष्मी सनराइज बैंक, प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारणसभा सम्पन्न भएको हो ।

नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको उक्त कोषले विभिन्न जलविद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।

लक्ष्मी सस्टनेवल इनर्जी फण्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य बिबिध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register