लाखौँ खर्च गरेर ‘बैंक अफ दी एयर’ अवार्ड लिएको सिटिजन्स बैंकको नाफा घट्यो !

काठमाडौँ । ‘बैंक अफ दी एयर’ अवार्ड पाएको सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्ममा बैंकको नाफा २४ प्रतिशतले घटेको हो । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यसअवधिमा बैंकले कुल ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड रुपैयाँ खुद […]

Dec 10, 2024 - 08:43
 0
लाखौँ खर्च गरेर ‘बैंक अफ दी एयर’ अवार्ड लिएको सिटिजन्स बैंकको नाफा घट्यो !

काठमाडौँ । ‘बैंक अफ दी एयर’ अवार्ड पाएको सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्ममा बैंकको नाफा २४ प्रतिशतले घटेको हो ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यसअवधिमा बैंकले कुल ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो चालु आर्थिक वर्षको तुलनामा २४.६९ प्रतिशत कम हो ।

स्मरण रहोस्, यो त्यही बैंक हो जसलाई केही दिनअघि बेलायती आर्थिक पत्रिका ‘दी बैंकर’ले बैंक अफ दी अवार्ड प्रदान गरेको थियो । बैंकले अपत्यारिलो पारामा बैंक अफ दी एयर अवार्ड पाएपछि नेपाली बैंकिङ क्षेत्रमा अवार्डमाथि नै अनेक प्रश्न खडा भएको थियो ।

यतिसम्म कि बैंकले उक्त अवार्डका लागि लाखौँ खर्च गरेको चर्चा समेत बजारमा चलेको छ । नेपाली बैंकिङ क्षेत्रमा अन्य राम्रा बैंक हुँदाहुँदै सिटिजन्स जस्तो कमजोर बैंकले कसरी बैंक अफ दी एयर अवार्ड पायो ? भन्ने प्रश्न टड्कारो बनिरहेका बेला बैंकको घट्दो नाफाले पनि उक्त अवार्ड ‘फेयर’ तरिकाले वितरण गरिएको हो भन्नेमै शंका उब्जिएको छ । यद्यपि नेपालबाट अन्य बैंकहरुले अवार्डका लागि दाबी नगरेपछि बैंकले उक्त अवार्ड हात पारेको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register