रविलाई पोखरा लैजाँदा ज्यादती गरेको मूल्य कांग्रेस-एमालेले चुकाउनुपर्नेछ: प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभामा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रविमाथि मध्यरातमा प्रहरीबाट ज्यादती भएको दाबी गरे । उनले भने, “अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य कांग्रेस […]

Dec 10, 2024 - 09:11
 0
रविलाई पोखरा लैजाँदा ज्यादती गरेको मूल्य कांग्रेस-एमालेले चुकाउनुपर्नेछ: प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभामा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रविमाथि मध्यरातमा प्रहरीबाट ज्यादती भएको दाबी गरे ।

उनले भने, “अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य कांग्रेस र एमालेले धेरै चर्को चुकाउनुपर्नेछ ।”

उनले सत्तारुढ दलभित्रै पनि यस्तो अमानवीय र निरंकुश कामको विरोध हुन थालेको बताए ।

रवि लामिछाने प्रकरणले सत्तारुढ गठबन्धनभित्रकै असन्तुष्टि झल्काएको उनको भनाइ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register