दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालयमा बुधबार छापा मारेको हो । साथै प्रहरीले सियोल महानगरीय प्रहरी र राष्ट्रियसभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारेको बीबीसीको समाचारमा उल्लेख छ । राष्ट्रपति युनले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा रुपमा विभिन्न ठाउँमा छापा […]

Dec 11, 2024 - 04:39
 0
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ ।

दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालयमा बुधबार छापा मारेको हो ।

साथै प्रहरीले सियोल महानगरीय प्रहरी र राष्ट्रियसभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारेको बीबीसीको समाचारमा उल्लेख छ ।

राष्ट्रपति युनले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा रुपमा विभिन्न ठाउँमा छापा मारिएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति युनले सैनिक शासन लगाउन यही मंसिर १८ गते देशमा मार्शल ल लागू गरेका थिए । तर, सर्वत्र चर्को विरोधपछि उनले ६–७ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।

युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ । साथै उनीविरुद्ध अनुसन्धान पनि भइरहेको छ ।

आफूविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव विफल भएपछि राष्ट्रपति युन हालसम्म पदमै कायम छन् ।

सम्बन्धित समाचार :

दक्षिण कोरियाली राष्ट्रपति युनलाई विदेश भ्रमणमा जान प्रतिबन्ध

दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल

सैनिक शासनको निर्णयबाट केही घण्टामै पछि हटे दक्षिण कोरियाका राष्ट्रपति

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register