शरीरको ताैल घटाउन तातोपानीकाे भूमिका कति ?

एजेन्सी । मोटोपना आजभोलि अधिकांशका लागि समस्या भइरहेको छ । प्रायः धेरैजसो मानिस बढ्दो तौलका कारण चिन्तित देखिन्छन् । मोटोपना बढ्नासाथ मानिसहरूले तौल घटाउनका लागि तातोपानी पिउन थाल्छन् । तर के यसले वास्तवमै तौल घटाउँछ त ? यसबारेमा विशेषज्ञ डा श्रेय श्रीवास्तव भन्छन्– केवल तातोपानी पिएर मात्र तौल घटदैन । तर तातोपानीले तपाईंको तौल घटाउने […]

Dec 11, 2024 - 07:35
 0
शरीरको ताैल घटाउन तातोपानीकाे भूमिका कति ?

एजेन्सी । मोटोपना आजभोलि अधिकांशका लागि समस्या भइरहेको छ । प्रायः धेरैजसो मानिस बढ्दो तौलका कारण चिन्तित देखिन्छन् । मोटोपना बढ्नासाथ मानिसहरूले तौल घटाउनका लागि तातोपानी पिउन थाल्छन् । तर के यसले वास्तवमै तौल घटाउँछ त ? यसबारेमा विशेषज्ञ डा श्रेय श्रीवास्तव भन्छन्– केवल तातोपानी पिएर मात्र तौल घटदैन । तर तातोपानीले तपाईंको तौल घटाउने प्रयासमा भने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । अब जानौँ तौल घटाउन तातोपानीको सेवन कति फाइदाजनक हुन्छ :

पाचन प्रणाली राम्रो बनाउँछ

तातोपानी पिउँदा तपाईंको पाचन प्रणाली राम्रो हुन्छ । यसले शरीर सुन्निएको कम गर्न मद्दत पनि पुर्याउँछ । तातोपानीको सेवनले शरीरमा पोषक तत्त्वहरूलाई राम्रोसँग संशोधित गर्न पनि सहयोग गर्छ । यसले तपाईंको शरीरको तापमान थोरै बढाउन सक्छ, जसले मेटाबोलिज्मलाई सुधार्छ र क्यालोरी घटाउन सजिलो बनाउँछ ।

शरीरलाई हाइड्रेटेड राख्छ

हाइड्रेटेड रहनका लागि तातोपानी फाइदाजनक छ । तौल घटाउनका लागि तपाईंको शरीर हाइड्रेटेड हुनु आवश्यक छ । किनकि यसले भोक नियन्त्रण गर्न मद्दत गर्छ र धेरै खाने सम्भावनालाई कम गर्छ । भोजनअघि तातोपानी पिउँदा पेट भरिएको महसुस गर्न मद्दत पुग्छ, जसले अत्यधिक क्यालोरी सेवनलाई रोक्न सक्छ ।

डाइट र व्यायाममा ध्यान दिन आवश्यक

डा श्रीवास्तव भन्छन्– केवल तातो पानी पिउँदासाथ तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्न । तौल घटाउनका लागि तपाईंले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । तौल घटाउन तपाईंले सन्तुलित आहारको सेवन, नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउनु पर्छ । तातो पानी एक स्वस्थ दिनचर्याको एउटा हिस्सा मात्र हुन सक्छ, तर यो मोटोपनाको पूर्ण समाधान भने होइन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register