लस एन्जलसमा आगलागी : अहिलेसम्म ११ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल एग्जामिनरकाअनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो (अमेरिकी समय)मा जारी गरिएको अपडेटमा मेडिकल एग्जामिनरले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका छन् । मृत्यु भएकामध्ये हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ । लस एन्जलसका […]

काठमाडौं । अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल एग्जामिनरकाअनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो (अमेरिकी समय)मा जारी गरिएको अपडेटमा मेडिकल एग्जामिनरले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका छन् ।
मृत्यु भएकामध्ये हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ ।
लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन् ।
आगो पलिसेड्समा सबैभन्दा व्यापक छ । यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ । हालसम्म आठ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ । यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आएको छ । आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ ।
हर्ष्टमा ७७१ एकड क्षेत्रफल जलेको छ भने ३७ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
योसँगै केनेथको एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ ।
हरेक मिनेट पाँच फुटबल मैदान बराबरको क्षेत्र नष्ट, यी हुन् आगो लाग्नुका तीन कारण
What's Your Reaction?






